Labels

Wednesday 19 December 2012

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थलबारे जानकारी राखिने


TIA
१५ अक्टोबर, काठमाण्डौं: लुम्बिनी-कपिलवस्तु दिवस अभियानका गतिबिधिमा अत्यन्तै सकृय रुपमा लागिरहनु भएका बिजय कुमार ढकाल यही १५ अक्टोबर आईतवारका दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गै महाप्रबन्धक रतिश चन्द्र लाल सुमनलाई भेटनु भयो । भेटको क्रममा वुद्ध जन्मस्थल बिषय बिभिन्न कारणहरुले गर्दा बिस्वब्यापी समस्या बनिसकेको कारण बर्षेनी बुद्ध जन्मस्थल जान चाहने हजारौं बिस्व पर्यटक गलत ठाउँमा पुग्ने वा पुर्याइने काम भएकोले अभियानले बिस्वब्यापी रुपमा गतिबिधि सन्चालन गरिरहेको जानकारी गराउँदै नेपाल बाहिर मात्रै नभएर नेपाल भित्र पनि यो बिषयमा गर्नु पर्ने धेरै कुराहरु भएको र बिभिन्न ठाउँमा गरिने सानो कामको परिणाम ठूलो हुन सक्ने बताउँदै बर्षेनी लाखौं पर्यटक नेपाल प्रबेश गर्ने प्रबेश द्धारको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थल बिषयमा जानकारी राख्न सकिएको खण्डमा यस्ले पनि बुद्ध जन्मस्थल बिषयमा सिर्जित समस्या समाधानमा आफ्नै किसिमको भूमिका निर्बाह गर्न सक्ने जानकारी गराउनु भयो ।

कुराकानीपछि ढकालको सुझाब अनुसार त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएको जानकारी नक्सा र अन्य जानकारी सहित राख्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक रतिश चन्द्र लाल सुमन सहमत हुनु भएको छ । 

स्मरण रहोस नेपाल राष्ट्र वैंकले नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने निर्णय गरी अंग्रेजीमा  "लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध" लेख्ने निर्णय, मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउने निर्णय गरी बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन, अभियानले भारतबाट नेपालको लुम्बिनीमा ल्याइने पर्यटकहरुलाई नेपाल पसेको समेत जानकारी नहुने स्थितिको अन्त गर्न बिध्यार्थीहरुबाट रु एक चन्दा अभियान मार्फत लुम्बिनी गेट निर्माणका लागि शुरु गरेको अभियानपछि नेपाल सरकारले लुम्बिनीमा नेपालको झन्डा राख्ने काम भएका छन र बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने क्रममा नेपालभित्र भएका यी  सकारात्मक कार्यका रुपमा लिन सकिन्छ । तर अझै त्रिभुवन विस्वबिध्यालयकै पाठ्यक्रममा समेत बुद्ध जन्मस्थल बिषयमा गलत जानकारी सहितको पाठ्यक्रम राखिएकोले १९ मार्ग २०६८ का दिन अभियानका विश्व कार्य समिति सल्लाहकार डा कविताराम श्रेष्ठ, बेलायत (हाल अस्ट्रेलिया) प्रतिनिधि श्रीमती प्रभा श्रेष्ठ, कतार प्रतिनिधि शिवराज गौतम, नेपाल संयोजक लक्ष्मण पूरी र सार्क सल्लाहकार केदार शाक्य सहितको प्रतिनिधिले सो पुस्तक पाठ्यक्रमबाट तत्काल हटाउने माग गर्दै अभियानको तर्फबाट ज्ञापनपत्र पेश गरिएको छ ।

No comments:

Post a Comment